सुन–चाँदी दुवै सस्तिए

काठमाडौँ । नेपाली बजारमा आज पनि सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। लगातार दोस्रो दिन मूल्य घटेसँगै सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार हुने भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो। सोमबार प्रतितोला २ लाख ८५ हजार २०० रुपैयाँ कायम रहेको सुनको मूल्य मंगलबार घटेर २ लाख ८४ हजार रुपैयाँमा झरेको महासंघले जनाएको छ। आज १० ग्राम सुनको मूल्य २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिँदै ४ हजार ३६० रुपैयाँमा कारोबार हुने भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव र अमेरिकी डलरको विनिमयदरको प्रभावका कारण स्वदेशी बजारमा पनि दैनिक रूपमा मूल्य समायोजन हुने गरेको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा सुनको मूल्य घटेपछि खरिद गर्न चाहने उपभोक्तामा केही उत्साह देखिए पनि बजारमा कारोबार भने अपेक्षाकृत सामान्य रहेको जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *