काठमाडौं, २९ असार । विश्वकपमा सबैभन्दा बढी समय अर्थात मिनेट खेलेको कीर्तिमान कसको नाममा छ ? भन्ने धेरेको जिज्ञासा रहेको छ।
विश्वकपमा सर्वाधिक गोलको कीर्तिमानका साथै मेस्सी विश्वकपमा सबैभन्दा बढी समय खेलेको कीर्तिमानका धनी खेलाडी पनि हुन्।
आठ पटकका ‘बालोन डि ओर’विजेता मेस्सीले ३२ विश्वकप खेलहरूमा कुल २,८४४ मिनेट खेलेका छन्। यो संख्या त्यस पछिको दोस्रो स्थानमा रहेका इटालीका पूर्व डिफेन्डर पाओलो माल्दिनी (सन् १९९४ का उपविजेता) को तुलनामा ६२८ मिनेट बढी हो।
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो २,२०६ मिनेटका साथ तेस्रो स्थानमा छन् भने जर्मनीका गोलकिपर म्यानुएल नोयर २,१६० मिनेटका साथ चौथो स्थानमा छन्।
सन् १९९० मा विश्वकप र ‘बालोन डी ओर’ जितेका जर्मनीका महान मिडफिल्डर लोथर माथाउस २ हजार भन्दा बढी मिनेट विश्वकप खेलेका अर्का एक मात्र खेलाडी हुन्, उनले २०४५ मिनेट खेलेका छन्।
सन् १९५४ देखि १९७० सम्म पश्चिम जर्मनीका लागि खेलेका स्ट्राइकर उवे सिलर १,९८० मिनेटको खेलसहित सूचीको छैटौं स्थानमा छन्। क्रोएसियाका मिड फिल्डर तथा ‘बालोन डी ओर’ विजेता लुका मोड्रिच १,९६७ मिनेटसहित यसै गर्मीमा सातौं स्थानमा उक्लिएका छन्।
अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरू जाभियर मास्चेरानो १ हजार ९५० मिनेट र डिएगो म्याराडोना १ हजार ९४० मिनेट खेलेर क्रमशः आठौं र नवौं स्थानमा छन्, जबकि बेल्जियमका गोलकिपर थिबाउट कोर्टुआ १ हजार ९३१ मिनेट खेलेर शीर्ष १० को सूचीमा रहेका छन ।

Leave a Reply