सेयर बजारको लगातार गिरावटपछि धितोपत्र बोर्ड घेराउ, लगानीकर्ताको विरोध

काठमाडौं । सेयर बजार लगातार ओरालो लागेपछि असन्तुष्ट लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन)को केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

सेयर लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा मंगलबार बिहान लगानीकर्ताहरू ललितपुरको खुमलटारस्थित बोर्ड कार्यालय पुगेका हुन्। उनीहरूले बजारको निरन्तर गिरावटप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

यसअघि सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.६० अंकले घटेर २,५७० बिन्दुमा झरेपछि लगानीकर्ताको असन्तुष्टि थप चुलिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *