जाली कात्रो

सपना दुरुस्तै छ,
पखालिन्छ मन खाली।
आँसु सुकेरै जाला,
भक्कानिएको कात्रो जाली।।

चटारो केही नभई,
हताशको भेलले समायो।
बाँच्छु र बचाउँछु भन्दाभन्दै,
अस्तु आफैँ सेलायो।।

हाँसी-हाँसी जल्ने
चिताहरू धेरै भए।
कसैको हुन नसक्ने प्रकृति,
आफैँ रुँदै पखालिँदै गए।।

–सुशान्त बानियाँजाली कात्रो-सुशान्त बानियाँ