पछिल्लो २४ घण्टामा चितवनमा सबैभन्दा बढी वर्षा, नारायणी आसपास डुबानको जोखिम

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सबैभन्दा बढी वर्षा चितवनको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त केन्द्रमा ३१९.८ मिलिमिटर वर्षा रेकर्ड भएको हो।

सोमबार बिहान ८:४५ बजेदेखि मंगलबार बिहान ८:४५ बजेसम्म सञ्चालनमा रहेका ३३५ वर्षा मापन केन्द्रमध्ये २४३ केन्द्रमा वर्षा भएको विभागले जनाएको छ। नारायणी आसपासका थप तीन केन्द्रमा २०० मिलिमिटरभन्दा बढी तथा देशभरका २३ केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायका अनुसार न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सरेकाले काठमाडौंसहित धेरै स्थानमा लगातार परेको वर्षा केही कम भएको छ। आजको मौसम सोमबारको तुलनामा केही घाम लाग्ने र तापक्रम बढ्ने अनुमान गरिएको छ।

यद्यपि, सप्तकोशी र नारायणी नदी आसपासका क्षेत्रमा आज मध्याह्नसम्म डुबानको जोखिम कायम रहेको छ। विभागका अनुसार चितवनको भरतपुर तथा आसपासका केही क्षेत्र अहिले पनि डुबानको प्रभावमा छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *