जाली कात्रो सपना दुरुस्तै छ, पखालिन्छ मन खाली। आँसु सुकेरै जाला, भक्कानिएको कात्रो जाली।। चटारो केही नभई, हताशको भेलले समायो। बाँच्छु र बचाउँछु भन्दाभन्दै, अस्तु आफैँ सेलायो।। हाँसी-हाँसी जल्ने चिताहरू धेरै भए। कसैको हुन नसक्ने प्रकृति, आफैँ रुँदै पखालिँदै गए।। –सुशान्त बान